रविलाई आज पाँचौ पटक अदालत उपस्थित गरिदैं

पाेखरा | मंसिर ९, २०८१

रविलाई आज पाँचौ पटक अदालत उपस्थित गरिदैं

पोखरा:   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज पाँचौ पटक कास्की जिल्ला अदालत उपस्थित गराइँदै छ ।

 

सहकारी ठगी अपचलन गरेको आरोपमा कात्तिक २ गते पक्राउ परेका उनलाई गत कात्तिक २५ गते चौथों पटक १३ दिनका लागि म्याद थपिएको थियो ।

 

उक्त म्याथ गएराति सकिएकाले लामिछानेलाई आज फेरि कास्की जिल्ला अदालत उपस्थित गराउन लागिएको हो ।

 

लामिछाने अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । 

 

लामिछाने गोर्खा मिडियाको तत्कालिन प्रवन्धक निर्देशक हुँदा पोखराको सूर्यदर्शन सहकारीको रकम उक्त गोर्खा मिडिया प्रालिमा लगेर अपचलन गरेको आरोप उनी माथि छ ।

 

अहिले लामिछानेमाथि संगठित अपराध तथा सम्पत्ती शुद्धिकरण लगायतका विषयमा अनुसन्धान भइरहेको कास्की प्रहरीले  जनाएको छ ।
 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्